निरन्तर घाटामा आयल निगम: बचत रकम सकियो, तेल ल्याउन ऋण लिनुपर्ने अवस्था – Janadesh Daily | ePaper

निरन्तर घाटामा आयल निगम: बचत रकम सकियो, तेल ल्याउन ऋण लिनुपर्ने अवस्था


नेपाल आयल निगमले संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै थप पेट्रोलिय पदार्थ खरिद गर्न तत्कालै २ अर्ब रुपैयाँ अभाव देखिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा बढेअनुसार नेपाली बजारमा पेट्रोलिय पदार्थको मूल्य समायोजना नगर्दा निगमले निरन्तर घाटा ब्यहोर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

इन्डियन कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगरेमा आगामी १५ दिनमा थप दुई अर्ब २४ करोड घाटा हुने र माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने बताएको छ ।

‘निगमसँग संचित बचत शून्यको अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थित देखिएको छ ‘ विज्ञप्तिमा उल्लेख छ,’ आउँदा दिनमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्ब रुपैयाभन्दा बढी मासिक घाटा रहि रहने देखिएको हुँदा आगामी घ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिको छ । ‘

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्