मध्यरातदेखि काठमाडौंमा नयाँ निषेधः नयाँ आदेश अनुसार के गर्न पाइन्छ, के पाइँदैन? – Janadesh Daily | ePaper

मध्यरातदेखि काठमाडौंमा नयाँ निषेधः नयाँ आदेश अनुसार के गर्न पाइन्छ, के पाइँदैन?


जनादेश वाच।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मंगलबार (गए राति) राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयहरुले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्त सम्मलाई रोक लगाएको छन्।

यस्तै, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ।

गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न पनि प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन्।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने पनि जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख छ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा माघ मसान्तसम्म नित्य पूजा र प्रार्थना मात्रै गर्ने गराउने पनि नयाँ आदेशमा भनिएको छ।

हेर्नुस् सूचनाः

काठमाडौैमा जारी नयाँ आदेश

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्