अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई खुसीको खबर – Janadesh Daily | ePaper

अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई खुसीको खबर


अस्ट्रेलियाले विद्यार्थी भिसामा आउने विद्यार्थीले काम गर्नेसम्बन्धी नियम खुकुलो पारेको छ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले विद्यार्थी भिसामा आएकाहरुलाई प्रतिहप्ता २० घण्टा मात्रै काम गर्न पाउने नियम परिवर्तन भएको बताएका हुन्। उनका अनुसार अब अस्ट्रेलियामा रहेका बाहिरका विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउनेछन्। कार्यबल चुनौतीलाई सामना गर्न भिसा आवेदनमा समेत मरिसनले छुटको घोषणा गरेका छन्।
यसअनुसार आजदेखि नै अस्ट्रेलिया आइपुग्ने विद्यार्थीको भिसा आवेदन शुल्क छुट हुने भएको छ। यो नियम आगामी आठ हप्ताका लागि रहनेछ। आवेदन शुल्क अहिले ६३० डलरजति रहेको छ। यसबाट एक लाख ५० हजार विद्यार्थी लाभान्वित हुन सक्नेछन्।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्