अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- यी २२ देशको भ्रमण नगर्नु ! – Janadesh Daily | ePaper

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- यी २२ देशको भ्रमण नगर्नु !


अमेरिकाले २२ मुलुक र क्षेत्रको भ्रमण नगर्न आफ्ना नागरिकलाइ सुझाव दिएको छ। कोरोना संक्रमण तिब्र रुपले बढेको भन्दै अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले इजरायल, अष्ट्रेलिया, इजिप्ट, अर्जेन्टीना र उरुग्वे सहितका २२ मुलुकको यात्रा नगर्न भनेको हो ।

यस्तै सिडिसीले आफ्नो भ्रमण सिफारिस पुनरावलोकन गर्दै १ सय मुलुकलाइ लेभल फोरमा राखेर यात्रा नगर्न भनेको छ । लेभर फोरको सुचीमा पनामा, कतार, बहमास, बहराइन, बर्मुडा, बिट्रिस भर्जिन आयल्याण्ड, टर्कस एण्ड काइकस आयल्याण्ड, सुरिनाम, सेन्ट लुसिया र बोलिभिया सहितका मुलुक छन् । यसैगरी सिडिसीले थप २० मुलुकलाइ लेभल फोरमा राख्दै खोप नलगाएका अमेरिकीलाइ अत्यावश्यक बाहेक ती मुलुकमा भ्रमण नगर्न सुझाव दिएको छ ।

यसैबीच अमेरिकामा केहि दिन यता दैनिक संक्रमित संख्या घट्दो देखिएको छ । पछिल्लो २४ घण्टामा ७ लाख ५६ हजार ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ । जुन अघिल्ला ४ दिनको तुलनामा केहि कम हो । अमेरिकामा जनवरी १५ तारिखमा सवैभन्दा धेरै ८ लाख भन्दा बढिमा संक्रमण पुष्टि भएको थियो । योसँगै अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ७६ लाख नाघेको छ भने ८ लाख ७७ हजारभन्दा बढिको ज्यान गइसकेको छ । यस्तै ओमिक्रोन सहितको संक्रमणबाट मध्य मार्च सम्म थप ५० हजार देखि ३ लाख अमेरिकीले ज्यान गुमाउन सक्ने आकलन गरिएको छ । ओमिक्रोनले अस्पताल भर्ना र मृत्युदर कम हुने बताइएपनि पछिल्लो समय बढिरहेको मृत्युदरले त्यसलाइ सामान्य लिन नहुने देखाएको छ ।

यस्तै बाइडन प्रशासनले सरकारी वेभसाइटबाटै निशुल्क कोरोना परीक्षण सामाग्री घरमा मगाउन सकिने सेवा सुरु गरेको छ । सरकारी वेभसाइट नाम ठेगाना राखेर कोरोना किट लगायतका सामाग्री अर्डर गर्न सकिने बताइएको छ । अर्डर गरेको ७ देखि १२ दिन सम्म परीक्षण सामाग्री घरमै पुग्ने जनाइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्