आज ९९ जना नेपाली कामदार इजरायल जाँदै, दोस्रो चरणमा एक सय ६२ – Janadesh Daily | ePaper

आज ९९ जना नेपाली कामदार इजरायल जाँदै, दोस्रो चरणमा एक सय ६२


रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायलतर्फ उड्दैछन् । वैदेशिक रोजगार विभागका अनुसार आज राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेका हुन् ।

विभागका निर्देशक डम्बरबहादुर सुनुवारले पहिलो उडानस्वरुप आज उडान हुन लागेको बताए । जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उनले जानकारी दिए । १२५ जनालाई उडाउने तयारी भएपनि २६ जनामा कोरोनाभाइरस संक्रमण भएपछि संख्या घटेको उनले जनाए ।

दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागका निर्देशक सुनुवारले जानकारी दिए ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्