फेरि बढ्यो इन्धनको मूल्यः पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ – Janadesh Daily | ePaper

फेरि बढ्यो इन्धनको मूल्यः पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ


जनादेश अपडेट।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ । गएको सोमबार निगमले प्रति सिलिन्डर ६४६ रुपैयाँ घाटा भइरहेको बताएको थियो ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब एक अर्ब ८८ करोड घाटा हुने विज्ञप्तिमा जनाइएको छ । निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा ६ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टीतेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको विज्ञप्तिमा भनिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्