महामारीको अन्त्य कहिले ? डब्ल्युएचओले सुझायो यसै वर्ष कोरोना महामारी अन्त्य गर्ने उपाय – Janadesh Daily | ePaper

महामारीको अन्त्य कहिले ? डब्ल्युएचओले सुझायो यसै वर्ष कोरोना महामारी अन्त्य गर्ने उपाय


जनादेश अन्तर्राष्ट्रिय वाच।

कोभिड १९ खोप र औषधीको असमान वितरणलाई चाडैं अन्त्य गर्न सके कोरोनाले निम्त्याएको आपतकाल यसै वर्ष हट्नसक्ने विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले जनाएको छ। डब्ल्युएचओको स्वास्थ आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले खोप र औषधीको समान वितरणका लागि विश्वका धनी र शक्ति राष्ट्रका नेताहरूसँग आव्हान गरेका हुन्।

यस्तो हुनसके कोभिड १९ बाट हुने मृत्यु, अस्पताल भर्ना हुनुुपर्ने अवस्था र लकडाउनबाट मुक्ती मिल्न सक्ने रायनले बताए। यद्यपी, कोरोना भाइरसलाई पूर्ण समाप्त गर्न नसकिने र कुनै न कुनै रूपमा यो समुदायमा रहिरहने उनको अनुमान छ। विश्व आर्थिक मञ्चले आयोजना गरेको ‘खोपको असमानता’ विषयक भर्चुअल अन्तक्रियामा बोल्दै रायनले भने, ‘हामीले सायद यस भाइरसलाई कहिल्यै खतम गर्न सक्दैंनौं, किनकी वैश्विक महामारीको रूप लिने यस्ता भाइरस प्रायः कुनै न कुनै रूपमा पर्यावरणको हिस्सा बनेर रहन्छन्।’’

उनले थपे, ‘‘तर हामीसँग यस वर्ष जनस्वास्थको आपतकालीन अवस्थालाई समाप्त गर्ने मौका छ। यदी हामीले अहिले चर्चा गरिरहेको विषय समान वितरणलाई व्यवहारमा उतार्न सक्यौं भने यस्तो हुनसक्छ ।’’

धनी र गरिब देशहरूबीच खोपमा असमानता देखिनु एक भयावह नैतिक सफलता रहेको उनले बताए। कम आययुक्त देशले अहिलेसम्म १० प्रतिशतभन्दा कम जनसंख्यालाई मात्रै खोपको पहिलो डोज लगाइदिएका छन्।

कोरोनाका कारण अहिलेसम्म ५५ लाख मानिसको ज्यान गइसकेको छ। खोप र अन्य उपकरणलाई समान रूपमा वितरण नगर्ने हो भने भाइरसको यस्तो त्रासदी जारी रहने रायनले बताए।

उनले धेरैभन्दा धेरै जनसंख्यालाई खोप लगाउन जरुरी रहेको औंल्याए। ‘‘समस्या कोरोनाबाट हुने मृत्युको हो। यसबाट मानिसहरू अस्पता भर्ना हुनु परिरहेको छ। यसले हाम्रो सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थालाई विघटन गरिरहेको छ र त्रासदीको कारण बनिरहेको छ,’’ रायनले भने।

इजरायलका प्रधानमन्त्री नफताली बेनेटले आफ्नो देशमा व्यापक रुपमा खोप अभियान चलिरहेको बताए। उनले औषधी र खोपमा अग्रणी रुपमा कायम रहने सरकारको रणनीति रहेको बताए। इजरायलको स्वास्थ मन्त्रालयाक अनुसार देशका ६२ प्रतिशत मानिसले पूर्ण खोप लगाइसकेका छन्, उनीहरुलाई बुस्टर डोज पनि लगाइएको छ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदालेसमाजका जेष्ठ नागरिक र कमजोर स्वास्थ भएकाहरूलाई विशेष प्राथमिकतामा राखेर खोप अभियान चलाइरहेको बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्