अन्तिम समयमा आएर सत्ता गठबन्धनको बैठक स्थगित, कारण यस्तो – Janadesh Daily | ePaper

अन्तिम समयमा आएर सत्ता गठबन्धनको बैठक स्थगित, कारण यस्तो


जनादेश, काठमाडौँ ।

आज बस्ने भनिएको सत्ता गठवन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाइएको बैठक कोरोना संक्रमण बढ्दै गएको र तयारी समेत नपुगेको भन्दै स्थगित गरिएको समन्वय समितिका संयोजक रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनको मिति तय गर्ने लगायत विषयमा छलफल हुने भनिएको थियो ।

यद्यपी गठवन्धन भित्रैका नेताहरुवीच सहमति नजुट्दा आजको बैठक स्थगित भएको जनाइएको छ । गत मंगलबार बसेको समितिको बैठकमा स्थानीय तह निर्वाचन बैशाखमा गर्ने सहमती जुटे पनि मिति तय हुन सकेको थिएन ।

आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्था भएकोले वैशाखमै निर्वाचन गर्नुपर्ने संवैधानिक दबाब छ । तर दलहरुमा स्थानीय तहको पहिला कि संसदीय निर्वाचन पहिला भन्ने विषयमा सहमति नहुदाँ अन्योल बढ्दै गएको छ ।

सत्तारुढ कांग्रेस सहितका साना दल वैशाखमा स्थानीय तहको निर्वाचन गर्न राजी छन भने माओवादी केन्द्र सहित समाजवादी पार्टीका नेताहरु पहिला संसदीय चुनाव गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहेका छन ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेसँगै सरकारमाथी मिति तय गर्न दबाब परेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्