सीके राउतको हत्या गौर काण्डकै शैलीमा गर्ने मन्त्री यादवको चेतावनी – Janadesh Daily | ePaper

सीके राउतको हत्या गौर काण्डकै शैलीमा गर्ने मन्त्री यादवको चेतावनी


जनादेश, काठमाडौँ ।

भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित टिप्पणी गरेकी छन् । बुधबार मधेश बलिदान दिवसका अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा राउतप्रति आक्रोशित बनेकी हुन् ।

बुधबार रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौर नरसंहारको पुनरावृत्ति गर्ने अभिव्यक्ति दिएकी हुन्। पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने चेतावनी दिएकी छन्।

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ। गौरमा फँणा देखाउने प्रयास नगर,’ राउतलाई चेतावनी दिँदै मन्त्री यादवले भनिन्, ‘यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगर।’ ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन् । नत्र तपाईँका कार्यकर्ता मारिन्छन्, तपाईँले पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ, सतर्क रहनुस्’ मन्त्री यादवले भनिन् ‘डाक्टरसाबलाई म चेतावनी दिन्छ, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउन गर्नुस् । तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।’ राउतले फणा उठाएमा अर्को गौर नरसंहार मच्चाउने चेतावनी मन्त्री यादवले दिएकी हुन् । मन्त्री यादवले आफुहरू बलिदानी दिवस मनाउन आएकाले हिंसा नगर्ने भन्दै आफु भोलि यहाँको सडकको अवस्था अवलोकन गर्ने बताएकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्