देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्‍यु – Janadesh Daily | ePaper

देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्‍यु


पछिल्लो २४ घण्टामा देशभर थप १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा थप ३ जना संक्रमितको मृत्‍यु भएको छ भने ७६६ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । यस्तै मृतकको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्