विद्युत उत्पादन, निर्यात र आर्थिक वृद्धिदर अनुमान गरेको भन्दा धेरै : देउवा – Janadesh Daily | ePaper

विद्युत उत्पादन, निर्यात र आर्थिक वृद्धिदर अनुमान गरेको भन्दा धेरै : देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्षको तुलनामा विद्युत उत्पादन, निर्यात र आर्थिक वृद्धिदर अनुमान गरेको भन्दा धेरै भएको बताउनु भएको छ । शुक्रबार वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रम देउवाले सो कुरा बताउनु भएको हो ।

‘विद्युत उत्पादनमा भएको वृद्धि, निर्यातमा भएको बढोत्तरी, आर्थिक वृद्धिदर गत वर्षको भन्दा पनि माथि भएको अनुमान छ ’उहाँले बताउनुभयो ।

यस्तै, पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब राजश्व संकलन भएको जनाउँदै उहाँले भन्नुभयो ‘चालु आर्थिक वर्षमा रु ११ खर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब राजश्व संकलन भएको छ, संयुक्त सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड आर्थिक वृद्धवृद्धामध्ये ४ खर्ब ६ अर्ब ७ करोड खर्च भएको छ ।’

सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्