माओवादी बैठकः अध्यक्ष प्रचण्डलाई यी विषयमा दिइयो एकल अधिकार – Janadesh Daily | ePaper

माओवादी बैठकः अध्यक्ष प्रचण्डलाई यी विषयमा दिइयो एकल अधिकार


जनादेश, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकल अधिकार दिने निर्णाय गरेको हो । बाँकी रहेका संगठनात्मक कामहरु टुंगो लगाउने जिम्मेवारी समेत अध्यक्ष दाहाललाई दिने निर्णय भएको नेता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले एमसिसिको विषय समाधान गर्न पार्टीले कार्यदल समेत बनाएको छ ।

कार्यदलले दिने सुझावको आधारमा एमसिसिको सन्दर्भमा पार्टीको थप धारणा बनाउने निर्णाय भएको महराको भनाई छ । बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्न सकिने विषयमा समेत छलफल भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्