चुनाव कहिले भन्ने विवादकाबीच बाबुरामको आक्रोशपूर्ण टिप्पणी – Janadesh Daily | ePaper

चुनाव कहिले भन्ने विवादकाबीच बाबुरामको आक्रोशपूर्ण टिप्पणी


जनादेश सोसल मिडिया वाच।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् । प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन् – चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । मुख्य मुद्दा यो हो: ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला? बिरालो बाँधेर श्राद्ध गरिरहने? पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको छ ।

स्थानीय तह चुनाव कहिले गर्ने? प्रतिनिधि सभाको ‘अर्ली इलेक्सन’ गर्ने वा तीनै तहका निर्वाचन एकैपटक गर्नेजस्ता विषयमा सत्तारुढ गठबन्धन रुमलिएको छ। संवैधानिक र कानुनी विषय राजनीतिक लाभ–हानीको छिनोफानोमा अल्झिएपछि स्थानीय तहको निर्वाचन संकटउन्मुख छ।

निर्वाचन आयोगले दलहरुसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति चाँडो तोक्न सरकारलाई आग्रह गरिरहेको छ। तर, दलहरु भने संविधान कानुनको व्याख्यामा अल्झिँदै आयोगसँगै परामर्शमा छन्। आफैँले बनाएको संविधान र निर्वाचन कानुनको मनासाय व्याख्या गरिदिन कानुनका जानकारहरुसँग गुहार मागिरहेका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्