जोरबिजोर प्रणालीलाई थप कडाइ गर्ने तयारी – Janadesh Daily | ePaper

जोरबिजोर प्रणालीलाई थप कडाइ गर्ने तयारी


जनादेश अपडेट।

कोरोनाको तेस्रो लहर बढ्दै गएपछि सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर प्रणालीले भिडभाड केही घटेको छ । शनिवारबाट उपत्यकामा जोरबिजोर प्रणाली लागु गरिएको हो। आइतबारबाट जोरबिजोर प्रणालीमा थप कडाइ गर्ने प्रशासनको तयारी छ ।

जोरबिजोर प्रणाली कार्यान्वयनका लागि प्रहरीले उपत्यकाभित्र ठाउँ ठाउँमा चेक प्वाइन्ट बनाएको छ । काठमाडौंमा मात्रै यस्ता २६ भन्दा धेरै प्वाइन्ट बनाएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा बनाइएको चेक प्वाइन्टमा शनिबार छिटपुटबाहेक कुनै पनि यातायातका साधनलाई नियन्त्रणमा लिइएन । पहिलो दिन भएकाले सम्झाएर पठाएको, तर आइतबारदेखि कडाइ गर्ने प्रहरीको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्