एमालेको निष्कर्षः सरकार पूर्णतः असफल, तर माफी मागे निर्वाचन लड्न तयार – Janadesh Daily | ePaper

एमालेको निष्कर्षः सरकार पूर्णतः असफल, तर माफी मागे निर्वाचन लड्न तयार


जनादेश, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकार ६ महिनामै असफल भइसकेको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार दिउँसो १५ बुँदे वक्तव्य निकाल्दै शेरबहादुर देउवा नेतृत्वको सरकार हरेक कोणबाट असफल भइसकेको पनि जिकिर गरेका हुन् ।

ओलीले एमाले सरकारबाट बाहिरिएसँगै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा संकटकालमा पनि नदेखिएको चरम संकट र बेथितिले जन्म लिएको पनि आरोप लगाएका छन् । एमालेले स्थानीय तहको निर्वाचनलाई पर धकेलेर सत्तारुढ गठवन्धनले संविधानको बर्खिलाप गरे यसको कडा प्रतिवाद गर्ने पनि चेतावनी दिएको छ । स्थानीय तहको निर्वाचन समयमा नभए एमालेलाई स्वीकार्य नहुने भन्दै विज्ञप्तिमा स्थानीय तहको निर्वाचनलाई पर धकेलेर प्रतिनिधिसभाको निर्वाचन अघि गर्ने प्रस्तावलाई असल नियतको रुपमा बुझ्न नसकिने उल्लेख छ ।

पार्टी तीनै तहको निर्वाचनका लागि तम्तयार रहेको जनाउदै एमालेले सहि नियतले तीनै तहको निर्वाचन गराउन सरकारलाई आग्रह गरेको छ । आफुहरुले ताजा निर्वाचनको कुरा गर्दा प्रतिगमण भन्नेहरुले पुन अहिले अर्लि ईलेक्सनको कुरा गर्नुलाई जनताप्रति छलछाम गर्न लागेको आरोप समेत एमालेले लगाएको छ । असल नियतले अर्लि ईलेक्सनको प्रस्ताव गरेको भए जनतासँग माफी माग्नुपर्ने एमालेको माग छ । एमाले अर्थतन्त्रका सवै सुचकहरु गम्भीर संकट तर्फ मोडिएको भन्दै चिन्ता जनाएको छ । मुल्य वृद्धिले जनजीविकाको सवालमा ठुलो असर गरको एमालेको ठहर हो । संघीय मन्त्रालयहरुले अनावश्यक खर्च गरेको र प्रदेशमा मन्त्रालय थप गर्ने होडबाजीले खर्चा अत्यधिक हुने गरेको एमालेको भनाई छ ।

भैरहवा विमानस्थल सञ्चालनलाई प्रभाव पार्ने, मेलम्ची परियोजनाप्रति उदासिन भएको, सिमामा भएको घटनामा मौनता, अन्तर्राष्ट्रिय सम्वन्धमा असन्तुलन र विचलन जस्ता आरोप एमालेले वर्तमान सरकारलाई लगाएको छ । सत्तारुढ दलभित्रनै चासोका साथ हेरिएको एमसिसिको विषयमा विरोधाभाषपुर्ण अभिव्यत्तिहरु आएको, आवश्यक राजदुत फिर्ता भएको र नियुक्ती गर्न नसकेको , खोपको प्राथमिकतामा सरकार चुकेको र सामान्य औषधी सिटामोलको अभावमा समेत सरकार उदासिन भएको आरोप समेत एमालेले लगाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्