भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएमा कारबाही हुन्छ : राष्ट्र बैंक – Janadesh Daily | ePaper

भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएमा कारबाही हुन्छ : राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बैंकले क्रिप्टोकरेन्सीले नेपालमा कानुनी मान्यता नपाएको जनाउँदै नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले सो कार्य गरेको पाइएमा कारबाही हुने बताएको हो ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्