२४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३ हजार ७११ संक्रमित – Janadesh Daily | ePaper

२४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३ हजार ७११ संक्रमित


पछिल्लो २४ घण्टामा देशभर थप  ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा थप ४ जना संक्रमितको मृत्यु भएको छ भने १४ सय १६ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै २ हजार ८६८ जना रहेका छन् भने भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्