चिसो बढाएको सुन्दर मौसमः तस्विरमा हेर्नुस् सेताम्मे फूलेका डाँडापाखा र प्रकृत्ति – Janadesh Daily | ePaper

चिसो बढाएको सुन्दर मौसमः तस्विरमा हेर्नुस् सेताम्मे फूलेका डाँडापाखा र प्रकृत्ति


जनादेश वाच।

केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ । काठमाडौं वरिपरिका डाँडामा समेत हिउँ परेपछि विदाको दिन मानिसहरु हिउँ खेल्न फुल्चोकी, नगरकोट, चन्द्रगिरि पुगेका थिए।

यस्तै, डडेल्धुरा, ताप्लेजुङ, खलंगा, सिमकोट, तनहुँ लगायतका स्थानमा समेत शुक्रवार हिउँ परेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन्।

शनिवार मौसम सफा भएसँगै घाम लागेपछि मानिसहरु हिउँ खेल्न पुगिरहेका थिए। केही स्थानमा भने हिउँ हटाउन मानिसहरु बिहानै देखि लागिरहेका थिए।

हिमाली तथा पहाडी जिल्लाका धेरै स्थानमा भारी हिमपात भएको छ । भारी हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको छ । तस्विरमा हेर्नुस् सेताम्मे फूलेका डाँडापाखा र प्रकृत्तिः

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्