भैरहवाका भुपेन्द्र थापा बने नेपाल आइडल, जिते ३० लाख – Janadesh Daily | ePaper

भैरहवाका भुपेन्द्र थापा बने नेपाल आइडल, जिते ३० लाख


जनादेश अपडेट।
नेपाल आइडल सिजन-४ को विजेता भैरहवाका भुपेन्द्र थापा मगर बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्