भारतमा कूल सङ्क्रमितमध्ये ६७ प्रतिशत सङ्क्रमणमुक्त    – Janadesh Daily | ePaper

भारतमा कूल सङ्क्रमितमध्ये ६७ प्रतिशत सङ्क्रमणमुक्त   


नयाँ दिल्ली, रासस/एएनआई  

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो ।

भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३६ कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४६ हजार १२१ जना सङ्क्रणमुक्त भएका हुन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण कूल सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५३७ पुगेको छ ।

सङ्क्रमित भएका र सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा पछिल्लो समयमा ठूलो अन्तर देखिदै गएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितमध्ये सात लाख ३२ हजार ८३५ जना निको भइनसकेको देखिन्छ तर अहिले पनि सङ्क्रमित अवस्थामा रहेका विरामीको सङ्ख्या पाँच लाख ९५ हजार ५०१ रहेको छ । भारतमा बिहीबारसम्म ४० हजार ६९९ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ३०.३१ प्रतिशत मात्रै हो । जवकी यो सङ्ख्या यसअघि योभन्दा सामान्य धेरै रहँदै आएको अधिकारीहरुको भनाइ छ ।

उनीहरुले कुल मृतकको अनुपात पनि अन्य देशको तुलनामा भारतमा कम भएको दावी गरेका छन् । भारतमा अहिले कुल सङ्क्रमितमध्ये २.०७ प्रतिशतको मात्रै मृत्यु हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभरीको कुल सङ्ख्याको आधारमा हेर्दा भारतको अवस्था सुधारोन्मुख नै देखिएको जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २८२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्