चार्ज गर्दा मोबाइलको तात्ने गरेको छ? यसो गर्नुस् – Janadesh Daily | ePaper

चार्ज गर्दा मोबाइलको तात्ने गरेको छ? यसो गर्नुस्


जनादेश टेक वाच।
चार्ज गर्दैगर्दा मोबाइल फोन (वा अन्य कुनै पनि डिभाइस) र चार्जर तात्न सक्छ। ‘वायरलेस चार्जिङ’ वा ‘फास्ट चार्जिङ’को समयमा डिभाइस छुँदा तातो महसुस हुनु सामान्य हो। यसले डिभाइसको आयु वा ‘पर्फर्मेन्स’मा कुनै असर नगर्ने सामसङले आफ्नो सपोर्ट पेजमा उल्लेख गरेको छ।

तर, चार्ज गर्दा यदि ब्याट्री धेरै नै तातो भयो भने चाहीँ चार्जरले चार्ज गर्न बन्द गर्न सक्ने सामसङले जनाएको छ। चार्ज गर्दा चार्जरबाट फोनमा तातो उर्जा सर्ने भएकाले फोन र चार्जर तातो हुनु सामान्य कुरा भएको ओप्पोले पनि जनाएको छ।

केही मानिसहरुको फोनको ब्याक कभरमा क्रेडिट कार्ड वा एटीएम कार्ड राख्ने बानी हुन्छ। ‘वायरलेस’ चार्जर प्रयोग गर्दा डिभाइस र ‘वायरलेस’ चार्जरको बिचमा कुनै पनि धातुका वस्तुहरू, चुम्बक र चुम्बकीय स्ट्राइप भएको कार्डजस्ता सामग्रीहरू राख्नु हुँदैन। अन्यथा, डिभाइस राम्ररी चार्ज नहुन सक्छ वा धेरै तातो हुन सक्छ। यसले डिभाइसलाई क्षति पुर्‍याउन सक्छ।

जहिले पनि सम्बन्धित कम्पनीको चार्जर, ब्याट्री र केबलमात्रै प्रयोग गर्नुपर्छ। कारको चार्जर वा केबललगायत अन्य कम्पनीका चार्जरहरूले डिभाइसको कार्यसम्पादनमा समस्याहरू निम्त्याउन सक्छ।

यदि डिभाइसको तल्लो भाग धेरै तातो भयो भने जडान गरिएको ‘यूएसबी केबल’ बिग्रिएको हुन सक्छ। बिग्रिएको ‘यूएसबी केबल’को सट्टा कम्पनीकै नयाँ केबल प्रयोग गर्नुपर्छ।

फोनको चार्जर कनेक्टरमा फोहोर अथवा अन्य कुनै पनि वस्तुहरू पर्न दिनुहुँदैन। यसले ‘सर्ट सर्किट’ हुन सक्छ अनि फोन अत्यधिक तातो पनि हुन सक्छ।

मोबाइल धेरै तातो भए यस्ता उपाय अपनाउन सकिन्छ :
१. चार्जरबाट आफ्नो डिभाइस छुटाउने र सामान्य तापक्रम भएको वातावरणमा पुनः चार्ज गर्ने।
२. सधैँ कम्पनीको आधिकारीक चार्जरमात्रै प्रयोग गर्ने। कार चार्जर वा केबललगायतका अनाधिकृत (अर्कै ब्राण्डका) चार्जरहरूले डिभाइसलाई अत्यधिक तताउने समस्या निम्त्याउन सक्छ र त्यसबाट डिभाइसलाई क्षति पुग्न सक्छ।
३. चार्ज गर्दा फोनको ‘प्रोटेक्टिभ केस’ निकाल्ने, यसो गर्दा डिभाइसलाई चिसो बनाउन मद्दत पुग्छ।
४. फोनमा केही डाउनलोड भइरहेको छ कि चेक गर्ने। यदि ठूला किसिमका फाइलहरू डाउनलोड भइरहेको छ भने एकछिन रोकेर फोन चार्ज भइसकेपछि मात्रै पुनः डाउनलोड गर्ने।
६. चलिरहेको कुनै पनि एपहरू बन्द गर्ने। चार्ज गर्दैगर्दा एप चलाएमा वा गेम खेलेमा फोनको प्रोसेसर ओभरलोड हुन सक्छ र तातिन सक्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्