देबेन्द्र पाण्डेलाई सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड – Janadesh Daily | ePaper

देबेन्द्र पाण्डेलाई सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड


जनादेश, काठमाण्डौं ।बार्हौं बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७८ बाट निर्देशक देबेन्द्र पाण्डेले सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड जितेका छन् ।

काठमाडौँमा भएको म्युजिक अवार्ड कार्यक्रममा पाण्डेले ‘पिरती बस्यो नि सानु’ बोलको गीतबाट सर्बोउत्कृष्ट सुगम संगीतको अवार्ड प्राप्त गरेका हुन् ।

उनले विशाल घिमिरे,बबिता श्रेष्ठ,मिमोह कृष्ण श्रेष्ठ,निरेश श्रेष्ठलाई पछि पार्दै सर्बोत्कृष्ट निर्देशकको अवार्ड हात पारे । उनले अवार्ड प्राप्त गरिसकेपछि आफुमा अझ उत्कृष्ट भिडियो निर्माणमा जिम्मेवारी थपिएको बताए ।उनले भने,‘अवार्ड प्राप्त गरेपछि अझ राम्रो म्युजिक भिडियो निर्माण गर्न जोस र जाँगर बढेर आएको छ । आगामी दिनमा यो भन्दा राम्रो भिडियो निर्माण गर्ने छु ।’

उक्त अवार्ड कार्यक्रममा महानायक राजेश हमालका साथमा उनी श्रीमती मधु भट्टराई लगायतको उपस्थिति रहेको थियो । निर्देशक पाण्डेले एक साता अघि मात्रै निम म्युजिक अवार्ड कार्यक्रममा राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’बाट सर्बोत्कृष्ट निर्देशक घोषित भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्