मिलन श्रेष्ठले गरे ‘आमा’बोलको गीत सार्वजनिक – Janadesh Daily | ePaper

मिलन श्रेष्ठले गरे ‘आमा’बोलको गीत सार्वजनिक


जनादेश, काठमाण्डौं । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् ।

नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले  यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज शिवाकोटीको शब्द एवं संगीतमा गीतमा स्वर दिएका हुन् । गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा गायक मिलन स्वयंमका साथमा चरित्र अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । निशाल पौडेलको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

‘मिलन गीता श्रेष्ठ’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्