नेपालले जिम्बावे ‘ए’ लाई जितका लागि १८२ रनको लक्ष्य दियो – Janadesh Daily | ePaper

नेपालले जिम्बावे ‘ए’ लाई जितका लागि १८२ रनको लक्ष्य दियो


पहिलो टी–ट्वान्टीमा सिरिजमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनायो । नेपालका लागि आदील अन्सारीलेले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रनको योगदान दिए ।

त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए । आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १र१ विकेट लिए । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ टोली सँग उक्त सिरिज खेलिरहेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्