अछामको पुल्लेतोलामा चट्याङबाट एक जनाको मृत्यु, ४ जना गम्भीर घाइते – Janadesh Daily | ePaper

अछामको पुल्लेतोलामा चट्याङबाट एक जनाको मृत्यु, ४ जना गम्भीर घाइते


अछाम । जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको ज्यान गएको छ । पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गएराति परेको चट्याङबाट कम्मानी कामीको १२ बर्षीय छोरा सुरत कामीको ज्यान गएको छ ।

स्थानीय मकर रावलले दिएको जानकारीअनुसार हावा–हुरी र बर्षसँगै परेको चट्याङबाट ६० बर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीय मना कामी, भाइबुहारी जयसरा कामी, ७० बर्षी बृकिसे रावल घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।
चट्याङबाट कम्माने कामीका दुई बाख्रा मरेका छन् भने नजिकै रहेको देवकी निमावीको सोलार सिस्टममा पनि क्षति पुगेको छ ।
अहिले पनि मौसम बदली भइरहेकोले स्थानीय डराइरहेका छन् । घटनास्थलमा दुई जना प्रहरीको टोली पुगेको भने विपत्त व्यवस्थापनको टोली कमलबजारबाट हिडेको छ ।
उक्त क्षेत्रमा प्रत्येक बर्ष चट्याङ परेर जनधनीको क्षति हुँदै आएको छ । प्रत्येक बर्ष दुई तीन पटक चट्याङ पर्न थालेपछि स्थानीयले सो क्षेत्रको विज्ञ टोलीले अध्ययनको लागि माग गर्दै आएका छन् । स्थानीय अगुवाहरुले पनि बस्ती उठाउन सरकारसँग माग गर्दै आएका छन् । तर अहिलेसम्म कुनै सुनुवाई हुन सकेको भन्दै मकर रावलले सरकार गम्भीर हुनुपर्ने बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्