राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको दिक्षान्त समरोह सम्पन्न – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको दिक्षान्त समरोह सम्पन्न


घोराही दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा मिति २०७९।०१।२० गतेका दिन विई सिभिल र विसिए कार्यक्रममा अध्ययन पुरा गरी पास भएका विद्यार्थीहरुको लागि आयोजित दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 12 people, people standing and indoor

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको सभापति तथा पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि भण्डारीले राप्ती इञ्जिनियरिङ कलेजले स्थानीय स्तरमा इञ्जिनियरिङ तथा आईटी शिक्षामा नेपालमै अब्बल रहेको र समाज रुपान्तरणको लागि महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै उहांले राप्ती इञ्जिनियरिङ कलेजबाट दिक्षित हुने सम्पुर्ण विद्यार्थीहरुलाई आफूले प्राप्त गरेको शिक्षालाई सहि प्रयोग गरेर कलेज, विश्वविद्यालयको गरिमा बचाई राख्न सुझाव दिनु भएको थियो ।

May be an image of 8 people and people standing

कलेजका डाईरेक्टर मधुसुदन बैद्यको स्वागत मन्तव्यदेखि सुरु भएको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी, एकेडेमिक कोर्डिनेटर बाबुराम जोशी, दिक्षित विद्यार्थीहरुको तर्फबाट अभिशेक कुमार रौनियार लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण विसिए विभागका विभागिय प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्