सामाजिक सञ्जालमा भाइरल म्यादी प्रहरी पक्राउ – Janadesh Daily | ePaper

सामाजिक सञ्जालमा भाइरल म्यादी प्रहरी पक्राउ


म्यादी प्रहरी भएको भन्दै टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका १ पिपरा बस्ने १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

टिकटक भिडियोमा उनले म्यादी प्रहरीको पोशाकमा साथीहरूलाई गाँजा सेवन गर्न र कसैसँग नडराउन भनेका छन् । प्रहरीका अनुसार सो भिडियो बनाउने रेग्मी भने म्यादी प्रहरी होइनन् । उनले दाइ नाता पर्ने १९ वर्षीय पूरण भट्टराईको पोसाक लगाएर भिडियो बनाएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्