गठबन्धनको प्रतिबद्धता: विरामी घोराही बाहिर रिफर गर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता – Janadesh Daily | ePaper

गठबन्धनको प्रतिबद्धता: विरामी घोराही बाहिर रिफर गर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता


दाङ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनावी गठबनधनले घोराहीबाट विरामी रिफर गर्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । चुनावी घोषणापत्रमार्फत उसले यस्तो प्रतिबद्धता जनाएको हो ।

‘स्वस्थ जीवन नागरिकको अधिकार, स्थानीय सरकार पूर्ण जिम्मेवार’ भन्ने नारा अघि सार्दै उसले स्वस्थ जीवन प्रत्येक व्यक्तिको मौलिक अधिकार र राज्यको दायित्व भएकाले यसको कार्यान्वायनमा प्रतिबद्ध रहेको जनाएको छ ।

‘यस उपमहानगरपालिकामा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । यसको कारण जनशक्तिको अभाव नभई ब्यवस्थापनको कमजोरी हो । पर्याप्त जनशक्ति र संघीय सरकारबाट पर्याप्त सहयोग हुँदाहुँदै पनि आम नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ भने बिशेष उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । राज्यले अतिआवश्यक औषधिहरु निःशुल्क वितरण गर्ने र अतिआवश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने नीति लिएको छ तथापि यसको कार्यान्वायन हुन सकेको छैन’– घोषणापत्रमा भनिएको छ ।

ग्ठबन्धनलेस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निम्न नीति तथा कार्यक्रम लागु गर्ने जनाएको छ:
१– प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत सुरक्षित मातृत्व, बालपोषण, खोपजस्ता कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।

२– दाङबाट सामान्य विरामी पनि राम्रो उपचारका लागि जिल्लाबाहिर रिफर गर्नुपर्ने अवस्था छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई संघीय बजेट तथा स्रोत साधनबा सम्पन्न बनाउन पहल गरेर कुनै पनि विरामी घोराही बाहिर रिफर गर्नुपर्ने अवस्थाको अन्तय गरिनेछ । आवश्यक परे उपमहानगर आफैले नगर अस्पताल स्थापना गरेर भए पनि जनताको आधारभूत तथा निःशुल्क स्वास्थ्य सेवाको संवैधानिक अधिकार पूरा गरिने छ । प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको स्तरबृद्धि गरी आकस्मिक उपचार सेवासमेत वडामै उपलब्ध हुने ब्यवस्था गरिने छ ।

३– निशुल्क उपलब्ध हुने अतिआवश्यक औषधिहरु स्वास्थ्य परीक्षण र आवश्यकताका आधारमा वितरण गरिने छ ।

४– अतिविपन्न तथा मजदूरहरुका लागि परिचयपत्रका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क उपचारको ब्यवस्था मिलाइने छ ।

५– सरकारले अघि सारेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारीरुपले अघि बढाइने छ र यसको उपलब्धतालाई सहज बनाइने छ ।

६– संघीय, प्रादेशिक तथा स्थानीय सरकारले उपलब्ध गराउने निःशुल्क औषधिको दुरुपयोगलाई रोकी पारदर्शीरुपले आवश्यकताका आधारमा वितरण गरिने छ । औषधि खरिदमा हुने अनियमिता अन्त्य गरिने छ ।

७– वैकल्पिक उपचारका लागि विभिन्न पद्धति आयुर्वेद, होमियाप्याथी, योग, प्राकृतिक चिकित्सा, अक्यूपन्चर, अक्यूप्रेसर आदिलाई एकीकृतरुपले अगाडि बढाइने छ ।

८– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम अविलम्ब शुरु गर्न पहल गरिने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्