भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो    – Janadesh Daily | ePaper

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो   


नयाँदिल्ली,  

नयाँदिल्ली, (रासस-सिन्ह्वा) : भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ ।

गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ ।

भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ ।

हाल भारतमा छ लाख ७ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ । भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्