अप्रिलमा चीनको उत्पादन मूल्य वृद्धिमा सामान्य कमी – Janadesh Daily | ePaper

अप्रिलमा चीनको उत्पादन मूल्य वृद्धिमा सामान्य कमी


आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न स्थायी सरकारी प्रयासपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मा कमी आएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस)ले बुधबार जनाएको छ ।

ब्यूरोका अनुसार अप्रिलमा पीपीआई सूचकाङ्क अघिल्लो बर्षको सोही महिनाको तुलनामा ८ प्रतिशतले बढेको छ । यो तथ्याङ्क यस वर्षको मार्चमा रेकर्ड गरिएको ८.३ प्रतिशत वृद्धिबाट सामान्य कमी हो ।

मार्चमा १.१ प्रतिशत वृद्धिको तुलनामा अप्रिलमा चीनको पीपीआई ०.६ प्रतिशतमा पुगेको छ । एनबीएसका वरिष्ठ तथ्याङ्कशास्त्री डोङ लिजुआनका अनुसार उच्च अन्तर्राष्ट्रिय वस्तुको मूल्यमा आएको वृद्धिका बावजुद सबै क्षेत्र र सरकारी विभागहरूले आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्ने नीतिहरूको दृढ कार्यान्वयनका कारण पीपीआईको मासिक तथा बार्षिक वृद्धि दरमा शितलता देखिएको हो ।

सर्वेक्षण गरिएका ४० औद्योगिक क्षेत्रहरूमध्ये २२ ले अप्रिलमा मूल्य वृद्धिमा कमी आएको बताएका छन् ।

यो तथ्याङ्कले मार्चको तुलनामा अप्रिलमा एक अङ्कको सुधार देखाएको छ ।

अप्रिलमा कोइला खानी तथा कपडा धुने उद्योगको पीपीआई ५३.४ प्रतिशतले वृद्धि भएको छ । मार्चमा यो क्षेत्रमा ५३.९ प्रतिशतले वृद्धि भएको थियो ।

एनबीएसका अनुसार गत वर्षको मूल्य चालको बढ्दो प्रभावले अप्रिलमा वर्षेनी पीपीआई वृद्धिमा लगभग ५.९ प्रतिशत अंकको योगदान गरेको छ । बुधबारको तथ्याङ्कले मुद्रास्फीतिको मुख्य नाप, चीनको उपभोक्ता मूल्य सूचकांक एक बर्षको अवधिमा अप्रिलमा २.१ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्