अमेरिकाको न्युयोर्कमा गोलीकाण्ड, १० जनाको मृत्यु – Janadesh Daily | ePaper

अमेरिकाको न्युयोर्कमा गोलीकाण्ड, १० जनाको मृत्यु


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्।

गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

उनी अश्वेतलाई गोली हान्नकै लागि उक्त स्टोरमा गएको देखिएको छ। गोली लागेका १३ मध्ये ११ जना अश्वेत थिए।

प्रहरीले ती बन्दुकधारीको परिचय खुलाएको छैन। तर उनले शरिर अरू हतियार पनि निकै व्यवस्थित तरिकाले राखेको बताएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्