बिना मगरको क्षेत्रमा माओवादीको विजयी सुरुवात – Janadesh Daily | ePaper

बिना मगरको क्षेत्रमा माओवादीको विजयी सुरुवात


जनादेश अपडेट।

कञ्चनपुरको लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ।

लालझाडी गाउँपालिका ४ को अध्यक्षमा माओवादी केन्द्रका बहादुर राना विजयी भएका छन्। उनी प्यानलसहित विजयी भएका हुन्।

बहादुरले ५ सय ९० मत पाउँदा नेकपा एमालेका ओमप्रकाश रानाले ४ सय ८० र कांग्रेसका लक्ष्मन रानाले ४ सय २७ मत र स्वतन्त्र उम्मेदवार सोमवीर चौधरीले ४ सय २७ मत प्राप्त गरेका छन्।

यस्तै बेलौरी नगरपालिका–१० को वडाध्यक्षमा माओवादी केन्द्रका सोमलाल चौधरी विजयी भएका छन्। १ हजार १ सय १६ मत ल्याउँदै चौधरी प्यानलसहित विजयी भएका हुन्।

वडा अध्यक्षमा एमालेका लोकेन्द्रप्रसाद जोशीले ४ सय २८ मत पाउँदा कांग्रेसकी तारादेवी खडकाले ४ सय ९९ मत पाइन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्