रोल्पाका २० वडामा माओवादी केन्द्र विजयी – Janadesh Daily | ePaper

रोल्पाका २० वडामा माओवादी केन्द्र विजयी


रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बहत्तर वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरु

रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी हुुनुभएको हो ।

सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी हुनुभएको छ ।

थवाङ गाउँपालिका–ं ५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी हुनुभएको छ । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी हुनुभएको छ ।

त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी हुनुभएको छ । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस विजयी भएका वडा

नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी हुनुभएको हो । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।

नेकपा एमाले विजयी भएका वडा

नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर विजयी हुनुभएको छ । यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी हुनुभएको छ ।

स्वतन्त्र विजयी भएका वडा

रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी हुनुभएको छ । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी हुनुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्