त्रिभुवन विश्वविद्यालयमा आइतबार पनि पठनपाठन जारी रहने – Janadesh Daily | ePaper

त्रिभुवन विश्वविद्यालयमा आइतबार पनि पठनपाठन जारी रहने


त्रिभुवन विश्वविद्यालयले आइतबार पनि पठनपाठन जारी रहने जनाएको छ ।

आइतबार एक सुचना जारी गर्दै टियूले कोभिडका कारण शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन तथा परिक्षाको तालिका पहिले नै निर्धारण भइसकेकाले आइतबार पनि विश्वविद्यालयमा नियमित पठनपाठन हुने जनाएको हो ।

विश्वविद्यालयको पाठ्यक्रम संरचना समेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेका कारण विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगाएत अन्य सुविधाहरु नियमीत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

टियूले अर्को सूचना जारी नभएसम्म साबिक बमोजिम आइतबार पनि विश्वविद्यालयका सेवाहरु सञ्चालन रहने जानकारी दिएको हाे ।

सरकारले पेट्रोलियम खर्च बचतका लागि हप्तामा दुई दिन (आइतबार पनि) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्