महराको नगरमा माओवादीको शानदार जीत, रोल्पा नगरपालिकामा कांग्रेसभन्दा दोब्बर मत – Janadesh Daily | ePaper

महराको नगरमा माओवादीको शानदार जीत, रोल्पा नगरपालिकामा कांग्रेसभन्दा दोब्बर मत


जनादेश वाच।
माओवादीका प्रभावशाली नेता एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराको गृह नगर रोल्पाको रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का दोब्बर बढी मतान्तर सहित निवार्चित भएका छन् ।

माओवादीका सुरेन्द्र थापा (घर्ति) ७ हजार ६०३ मतसहित निर्वाचित भएको जिल्ला निवाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेर बहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उमदेवार घनश्याम आचार्यले ५२४ मत प्राप्त गरेका छन् ।

नगरपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता आचार्य ७ हजार ७७१ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी कृष्ण कुमारी गौतमले ४१९ मत प्राप्त गरिन् ।

थवाङमा पनि निरन्तरता
रोल्पाकै थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी भएका हुन्। ऋषिकेशवले २ हजार १ सय २२ मत लिई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी दर्जित रोकामगरले १ हजार ५ सय ६ मत ल्याए। उपाध्यक्षमा शर्मिला बुढामगर २ हजार १ सय २२ मतले विजयी भएकी हुन्। उनका निकटम प्रतिद्वन्द्वी राईबहादुर पनले १ हजार ४ सय ६८ मत ल्याएर पराजय बेर्होनुपर्यो। थबाङमा विप्लव नेतृत्वको नेकपा, एमाले र कांग्रेसको गठबन्धनले स्वतन्त्र उम्मेदवार दर्जितलाई समर्थन गरेका थिए।

थबाङ गाउँपालिकाको ५ वडा मध्ये ४ वटा वडा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। एउटा वडामा नेकपा एमाले विजयी भएको छ। माओवादी केन्द्रबाट वडा नं १ मा हिराबहादुर बुढामगर, वडा नं। २ मा अविलाशा रोकामगर, वडा नं। ३ मा जनक बुढामगर र वडा नं। ५ मा गोबर्धन घर्तीमगर वडाध्यक्षमा विजयी भएका छन्। थबाङ गाउँपालिका–४ मा भने एमालेका हिकमत घर्तीमगरको प्यानल विजयी भएका छन्। एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनबाट हिकमतको प्यानल एमालेबाट उम्मेदवार बनेका थिए।

माओवादी केन्द्रको गढ मानिने थबाङमा एमालेको वडाध्यक्षमा प्यानल विजय पहिलो हो। एमाले नेता नवीन रोकामगरको घर रहेको वडामै एमालेले जित हासिल गरेको हो। एमाले र माओवादी केन्द्र एकता पछि अदालतले आ–आफ्नो पार्टी कायम रहेको फैसला गरेपनि माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहित रोकामगर एमालेमै रहेका थिए। उनकै प्रभावका कारण थबाङ गाउँपालिका–४ मा एमालेका उम्मेदवार विजयी भएको बताईएको छ।

थबाङमा विप्लव नेतृत्वको नेकपाकोसमेत प्रभाव मानिन्छ। कहिले शून्य मतदान, कहिले बहिस्कार र कहिले सतप्रतिशत मत दिएर पंचायतदेखि चर्चामा रहिरहने थबाङ यस पटक पनि चर्चामै रह्यो। स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका रोकामगरलाई विप्लव नेतृत्वको नेकपा, एमाले र कांग्रेस गठबन्धनले समर्थन गरेपछि चर्चामै रहेको हो। तीन दलको समर्थन पाएका स्वतन्त्र र माओवादी केन्द्रको उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्