शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु – Janadesh Daily | ePaper

शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु


शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक २३ बर्षिय प्रकाशसिंह धामी तथा २२ बर्षिय नविनसिंह धामी र १९ बर्षिय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्