एमालेलाई कांग्रेसको जवाफः धाँधली भन्नु हारबाट अत्तालिएको अभिव्यक्ति – Janadesh Daily | ePaper

एमालेलाई कांग्रेसको जवाफः धाँधली भन्नु हारबाट अत्तालिएको अभिव्यक्ति


नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले अत्तालिएको बताएको छ। एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै आइतबार विज्ञप्ति जारी गरेको थियो।

‘निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा एमाले अत्तालिएको हामीले पाएका छौँ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज निकालेको विज्ञप्तिमा भनिएको छ।

मतपरिणामलाई कांग्रेसले स्वभाविक मानिरहेको पनि उनले बताएका छन्। ‘विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ, यसलाई हामीले स्वभाविक मानेका छौं,’ उनले भनेका छन्।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि एमालेले निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्ध रुपमा धाँधली गरेको भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको कांग्रेसले बताएको छ।

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको गरेको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको महतले दाबी गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्