झण्डै साढे २ सय पालिकाको मत परिणाम सार्वजनिकः कसले कहाँ मार्‍यो वाजी – Janadesh Daily | ePaper

झण्डै साढे २ सय पालिकाको मत परिणाम सार्वजनिकः कसले कहाँ मार्‍यो वाजी


जनादेश वाच।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।

मंगलबार ६ बजेको परिणामअनुसार कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ भने एमालेले १२० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६७, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् । एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी २७, लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २१ ठाउँमा अगाडि छन् ।

उपप्रमुख/उपाध्यक्ष तर्फ कांग्रेसले १०५, एमाले ६४, माओवादी ५२, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् । यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन् ।

हेर्नुस् माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तहको सूची:
१ः जगदुल्ला गाउँपालिका, डोल्पा

२ः नौमुले गाउँपालिका, दैलेख

३ः ताराखोला गाउँपालिका, बागलुङ

४ः अपि हिमाल गाउँपालिका, दार्चुला

५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ

६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर

७ः नौगाड गाउँपालिका, दार्चुला

८ः थवाङ गाउँपालिका, रोल्पा

९ः ताँजाकोट गाउँपालिका, हुम्ला

१०ः अजिरकोट गाउँपालिका, गोरखा

११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा

१२ः मार्मा गाउँपालिका, दार्चुला

१३ ःचन्द्रकोट गाउँपालिका, गुल्मी

१४ः आमचोक गाउँपालिका, भोजपुर

१५ः लेकम गाउँपालिका, दार्चुला

१६ः आलिताल गाउँपालिका, डडेलधुरा

१७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा

१८ः मुड्केचुला गाउँपालिका, डोल्पा

१९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुमपूर्व

२०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व

२१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ

२२ः रोल्पा नगरपालिका, रोल्पा

२३ः बंगलाचुली गाउँपालिका, दाङ

२४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी

२५ः दुर्गाथली गाउँपालिका, बझाङ

२६ः सानीभेरी गाउँपालिका, सुर्खेत

२७ः रामप्रसाद गाउँपालिका, भोजपुर

२८ः नाम्खा गाउँपालिका, हुम्ला

२९ः रामनगर गाउँपालिका, सर्लाही

३०ः मैवाखोला गाउँपालिका ताप्लेजुङ

३१ः पलाँता गाउँपालिका, कालिकोट

३२ः मेलौरी नगरपालिका, बैतडी

३३ः परिवर्तन गाउँपालिका, रोल्पा

३४ः भगवतीमाई गाउँपालिका, दैलेख

३५ः धुर्कोट गाउँपालिका, गुल्मी

३६ः शहिद लगनथापा गाउँपालिका, गोरखा

३७ः ताप्ली गाउँपालिका, उदयपुर

३८ः रौतामाई गाउँपालिका, उदयपुर

३९. सुनिल स्मृति गाउँपालिका, रोल्पा

४०. आँबुखैरहनी गाउँपालिका, तनहुँ

४१. मरिण गाउँपालिका, सिन्धुली

४२. भीमसेन थापा गाउँपालिका, गोरखा

४३. प्यूठान नगरपालिका, प्यूठान

४४ः बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

४५ः शुभकालिका गाउँपालिका, कालीकोट

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्