मंगलबार विवाह बन्धनमा बाँधिदै गायिका इन्दिरा जोशी – Janadesh Daily | ePaper

मंगलबार विवाह बन्धनमा बाँधिदै गायिका इन्दिरा जोशी


जनादेश वाच।

गायिका इन्दिरा जोशी भोलि जेठ ३१ गते मंगलबार विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनी फेसन डिजाइनर शरद केडियासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्।

इन्दिरा र शरद विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए। केही समयअघि शरदले इन्दिरालाई प्रपोज गरेको भिडियो निकै चर्चित पनि भएको थियो।

हालसालै विवाहअघिको मेहन्दी संस्कार गरेका इन्दिरा र शरदले ३१ गते मंगलबार विवाह गर्न लागेका छन्। इन्दिराले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी हुन्।

इन्दिराले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘भगवानको साथ र आफन्तको आशीर्वादसहित हामी विवाह बन्धनमा बाँधिने निधो गरेका छौं। हामीलाई प्रेम र आशीर्वाद दिनुहुने सम्पूर्णप्रति आभार छौं।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्