‘प्राविधिक शिक्षामा निजि क्षेत्रको अहम भुमिकाः जिसस प्रमुख शर्मा – Janadesh Daily | ePaper

‘प्राविधिक शिक्षामा निजि क्षेत्रको अहम भुमिकाः जिसस प्रमुख शर्मा


 

 

May be an image of 7 people, balloon and indoor

जनादेश, दाङ। राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थिहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजमा विसिए र विई सिभिल दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले विसिए र विइ सिभिल प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थिहरुको लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

May be an image of 7 people, people sitting, people standing, balloon and indoor

स्वागत तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका संयोजक नित्यानन्द शर्माले मुलुकमा प्राविधिक शिक्षाको क्षेत्रमा निजि क्षेत्रको अहम भुमिका रहेको बताएका छन् । प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाइ सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाइ आग्रह गरे ।

May be an image of 9 people, people standing, balloon and indoor

‘हामीलाइ विक्ने शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालाइ अव गाउबस्ती सम्मै लैजान आवस्यक छ’, अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि शर्माले भने । मुलुकभरी सरकारी तीन वटा मात्रै प्राविधिक शिक्षालय भएको अवस्थामा करीव डेढ दशक अघिनै राप्ती इन्जिनियरीङ कलेजले प्राविधिक शिक्षाको आवस्यकता बोध गरेको भन्दै प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाका हरेक विधामा अव स्थानिय तहमै पठनपाठनको व्यवस्थापन हुनुपर्ने बताए । मुलुकलाइ अहिले वडा तहदेखि मन्त्रालय सम्मै प्राविधिक नभै नहुने अवस्था रहेको स्मरण गर्दे उनले अव हरेक सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठनपाठन सुरु गर्नकालागी आफुले संवन्धित क्षेत्रमा समन्वयकारी भुमिका निर्वाह गर्ने पनि बताए ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती इन्जिनियरीङ कलेजका सञ्चालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा शैलेन्द्र गिरीले आफुहरुले यहांका निम्न तथा मध्यमवर्गिय समुदायका विद्यार्थिलाइ प्राविधिक शिक्षा यहिनै दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र बर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गरे । साथै उनले अव लर्निङ कल्चरलाइ बदलेर अनुसन्धानमा आधारीत शिक्षा पद्धतीको विकाश गर्न आफुहरु प्रतिवद्ध रहेको बताए । ‘हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेका छन्, लुम्विनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिशत प्राविधिक जनशक्ति हाम्रै उत्पादनले थेगेको बताउनु भएको थियो । साथै अव शिक्षालाइ सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको बताउंदै राप्ती इन्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थिहरुले यहांका सामुदायिक विद्यालयहरुमा कम्तिमा एक साता निशुल्क रुपमा अध्यापन गराउने पनि अभिव्यक्ति दिएका छन् ।

कार्यक्रममा कलेजका निर्देशक मधुसुदन बैद्धले देश निर्माणमा राप्ती इन्जिनियरीङ कलेजका विद्यार्थिहरुको महत्वपुर्ण योगदान हुनुपर्ने भन्दै आफु दक्ष बन्न विद्यार्थिहरुलाइ आग्रह गरेका थिए । सो अवसरमा विसिए प्रमुख विश्वबन्धुथापा, विइ सिभिलका प्रमुख वावुराम जोसी लगायतले नवआगन्तुक विद्यार्थिहरुलाइ स्वागत गदेै शéकामना मन्तव्य व्यक्त गरेका थिए । राप्ती इन्जिनियरीङ कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका विसिएका गौरी चौधरी तथा विई सिभिलका शक्तिसिह रोकाय गरेका थिए ।

May be an image of 10 people, people sitting, people standing and indoor

सो अवसरमा राप्ती इन्जिनियरीङ कलेजले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, उपप्रमुख चेतना चौधरी, जिल्ला समन्वय समितिका सदस्य जुनु कुमारी बुढामगर तथा कल्पना सेर्पाइलीलाइ स्वागत एवं सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थिहरुले विविध सांस्कृृतिक प्रस्तुतीहरु देखाएका थिए । साथै अभिमुखिकरण कार्यक्रम पनि जारीरहेको छ । दुइदिन सम्म चल्ने अभिमुखिकरण तालिममा डा शैलेन्द्र गिरी, नारायण नेपाल, योग प्रशिक्षक रविन्द्र बस्नेत तथा इन्जिनियर प्रज्वल आचार्यले प्रतिक्षण दिने बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्