पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत – Janadesh Daily | ePaper

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत


जनादेश मिडिया वाच।

सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्।

करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए।

विहीबार उनले विद्युतको आपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्य​लाई सहज बनाउन किने योजनामा सरकार डेको पनि बताए । मन्त्री बडूले भने, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दावी गरे ।
कारोबार दैनिकबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्