मोबाइल चार्जमा राखेर कुरा गर्ने गर्नुभएको छ? पढ्नुस् प्राधिकरणको सूचना – Janadesh Daily | ePaper

मोबाइल चार्जमा राखेर कुरा गर्ने गर्नुभएको छ? पढ्नुस् प्राधिकरणको सूचना


जनादेश अपडेट।

विद्युत सर्ट भएर थुप्रै दुर्घटनाका घटना हुँदै आएका छन् । त्यसैले करेन्ट सर्ट हुन नदिन सतर्क हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

करेन्ट सर्ट भएर हुने दुर्घटनाबाट बच्न मोबाइल चार्जमा राखेर कुरा गर्न तथा चलाउन नहुने प्राधिकरणले जनाएको छ । मल्टिप्लगमा ओभरलोड हुनेगरी विद्युतीय उपकरण नजोड्न आग्रह गरेको प्राधिकरणले राति फोन चार्जमा राखेर नसुत्न पनि सचेत गराएको छ ।

विद्युत सर्ट हुनसक्ने कमसल तारको प्रयोग गर्न नहुने जनाइएको छ । कमसल तार प्रयोग गर्दा तार जलेर त्यसबाटै आगलागीका घटना हुनसक्ने भएकाले सुरुमै सावधानी अपनाउन प्राधिकरणले सचेत गराएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्