अवरुद्ध पाल्पा–बुटवल सडक खुल्यो – Janadesh Daily | ePaper

अवरुद्ध पाल्पा–बुटवल सडक खुल्यो


पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।

सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लेदोसहितको पहिरो खसेर बिहानै सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक खुलेपछि अहिले यस राजमार्ग भएर गुड्ने सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्