मनसुन अति सक्रियः यी २० जिल्लामा हुँदैछ ठुलो वर्षा, साना नदीमा आकस्मिक बहावको खतरा – Janadesh Daily | ePaper

मनसुन अति सक्रियः यी २० जिल्लामा हुँदैछ ठुलो वर्षा, साना नदीमा आकस्मिक बहावको खतरा


जनादेश वेदर
देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ ।

देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश, वाग्मती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेन तथा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठुलो वर्षा भएको महाशाखा तथ्यांक छ ।

थप वर्षा हुने भएकाले ती जिल्लामा बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

रौतहटमा पनि उच्च जोखिम

रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्मै विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

गए रातिदेखि नै देशका अधिकांश जिल्लामा निरन्तर वर्षा भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्