जनादेश अन्तर्राष्ट्रिय अपडेट।
दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारागारमा दङ्गा शुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन्। अरू ३० जना घाइते भएका छन्।
भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगार निकायले मंगलबार बिहान सवेरै कैदीहरूले नै आगजनी गरेको जानकारी दिएको छ। त्यहाँ तैनाथ गार्डहरूले दंगामा हस्तक्षेप गर्न नसकुन् भन्ने हेतुले कैदीहरूले म्याट्रेसहरू बालेको बताइएको छ।
सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा लिइसकेको र यस घटनाको मौका छोपेर कोही पनि कैदी भाग्न नसकेको बताएका छन्।
स्थानीय समयअनुसार बिहान करिब एक बजे कारागारको एक खण्डमा आगलागी सुरु भएको थियो। सो स्थानमा समान्यतया १ सय ८० जना कैदी थुन्ने गरिएको छ ।