टर्कीले बदलेको रणनीतिले रुस अफ्ठेरोमा पर्ला ? एर्दोआनप्रति पुटिनको अबको रणनीति के – Janadesh Daily | ePaper

टर्कीले बदलेको रणनीतिले रुस अफ्ठेरोमा पर्ला ? एर्दोआनप्रति पुटिनको अबको रणनीति के


जनादेश अन्तर्राष्ट्रिय वाच।

उत्तर अट्लान्टिक सन्धि संगठन अर्थात् नेटो दोस्रो विश्वयुद्धपछि सन् १९४९ मा गठन भएको थियो। यो संगठनको निर्माण गर्नेमा अमेरिका, क्यानडासहित अन्य पश्चिमी देशहरु थिए। यी देशहरुले तत्कालीन सोभियत युनियनबाट सुरक्षाका लागि नेटाे गठन गरेका थिए।

त्यतिबेला विश्व दुई ध्रुवीय थियो। एक महाशक्ति अमेरिका थियो भने अर्को सोभियत युनियन। सन् १९९१ मा सोभियत युनियन विघटन भयो र अहिले उसको विरासत रुसले धान्दैछ।

रुस नेटोसँग आक्रोशित हुन्छ। रुसको भनाइ छ कि नेटो ‘डिफेन्सिभ’ हैन ‘अफेन्सिभ’ संगठन हो। अर्थात् रुस नेटाेलाई आफ्नो रक्षा गर्नेवाला हैन कि अरुमाथि आक्रमण गर्ने संगठनको रुपमा लिन्छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सत्तारोहणको सुरुवाती वर्षहरुमा पुटिन रुसलाई पनि नेटोमा सामेल गराउन चाहन्थे। त्यतिबेला उनी नेटाेकाे विराेधमा थिएनन्।

जर्ज रोबर्टसन बेलायतका पूर्व रक्षामन्त्री हुन्, उनी १९९९ देखि २००३ सम्म नेटाेका महासचिव थिए। उनले गत नोभेम्बरमा भनेका थिए – पुटिन आफ्नो सत्तारोहणको सुरुवातमा रुसलाई नेटोमा सामेल गराउन चाहन्थे। तर, उनी नेटोमा सहभागी हुने सामान्य प्रक्रिया भने अपनाउन चाहँदैन थिए।

उनले भनेका थिए, ‘पुटिन समृद्ध,स्थिर र संपन्न पश्चिमको हिस्सा बन्न चाहन्थे।’

पुटिन सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए। जर्ज रोबर्टसनले पुटिनसँग सुरुवाती वार्ता स्मरण गर्दै भनेका छन्, ‘पुटिनले भनेका थिए-तपाईंहरु हामीलाई नेटोमा सामेल हुनका लागि कहिले आमन्त्रित गर्नुहुन्छ? मैले जवाफमा भनेँ- हामी नेटोमा सामेल हुनका लागि कसैलाई बोलाउँदैनौ। जो यसमा सामेल हुन चाहन्छन्, उनीहरुलै आवेदन दिन्छन्। यसको जवाफमा पुटिनको भनाइ थियो– म ती देशहरुमध्ये होइन कि यसमा सामेल हुनका लागि आवेदन दिउँ।’

अहिले तिनै पुटिन नेटोलाई लिएर यति आक्रामक छन् कि युक्रेनमाथि हमला गर्नुको पछाडि पनि नेटोसँग युक्रेनको बढ्दो घनिष्ठतालाई ठूलो कारणको रुपमा लिइन्छ। पुटिनलाई लाग्छ कि युक्रेन नेटोमा सामेल भयो भने अमेरिकी सैनिकको उपस्थिति उसको भूमि नजिकै हुनेछ र यो रुसको सुरक्षाका लागि खतरा हुनेछ।

युक्रेनलाई नेटोमा सामेल गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन। तर, फिनल्याण्ड र स्वीडेन औपचारिक रुपमै यसमा सामेल हुन गइरहेका छन्। पहिले फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सहभागी गराउन टर्की तयार थिएन। तर, अहिले टर्की पनि तयार भइसकेको छ।

यसको अर्थ यो भयो कि उत्तरी देशहरु अब नेटोमा सामेल हुन गइरहेका छन्। यस्तो अवस्था युक्रेनमाथि रुसी हमलाको ४ महिनाभित्रै हुँदैछ। नेटोमा सामेल हुने फिनल्याण्ड र स्विडेनको निर्णयलाई ‘ऐतिहासिक’ मानिँदैछ। किनकि यसअघिसम्म यी देश गुटनिरपेक्ष नीतिमा चल्दै आएका थिए।

स्वीडेन र फिनल्याण्ड नेटोमा जाने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार चेतावनी दिएका छन्। उनले भनेका छन् यदि फिनल्याण्ड र स्वीडेनमा कुनै सैनिक इलाका बनाइयो भने कडा जवाफ मिल्नेछ। तुर्कमेनिस्तानमा एक पत्रकार सम्मेलनका क्रममा पुटिनले भने, ‘युक्रेनको जस्तो हामीलाई स्वीडेन र फिनल्याण्डसँग समस्या छैन। दुवै देशसँग सीमाको विषयलाई लिएर कुनै विवाद छैन। यदि दुवै देश नेटोमा सामेल हुन चाहन्छन् भने मलाई कुनै समस्या छैन। तर कुनै पनि सैनिक इलाका बन्यो भने रुसले कडा जवाफ दिनेछ।’

स्वीडेन र फिनल्याण्ड नेटोमा तबमात्रै सामेल हुन सक्थे जब कुनै पनि सदस्य देश उनीहरुको सहभागितालाई लिएर विरोध गर्दैन थिए। स्वीडेन र फिनल्याण्डलाई लिएर टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको भनाइ हुन्थ्यो कि दुवै देश उनको सरकारविरुद्ध आतंकवादलाई बढावा दिइरहेका छन् र यसलाई रोक्नुपर्छ।

फिनल्याण्ड र स्वीडेनले पनि हतियारलाई लिएर टर्कीमाथि प्रतिबन्ध लगाएका थिए। टर्कीको आरोप रहन्थ्यो कि दुवै देश कुर्द अलगाववादीलाई समर्थन गर्छन्। टर्कीले कुर्द अलगाववादीलाई आतंकवादीको रुपमा लिन्छ।

अब दुवै देश टर्कीमाथिको प्रतिबन्ध हटाउन तयार भएका छन्। साथै, कुर्द लडाकूको प्रत्यार्पण पनि हुन सक्नेछ। टर्कीमा १ करोड ४० लाखको हाराहारीमा कुर्दहरु छन्। यिनीहरुलाई विश्वको सबैभन्दा यस्तो ठूलो जातीय समूह मानिन्छ, जसको आफ्नो कुनै देश छैन। टर्की, इराक, ईरान र सिरियामा रहेको यिनीहरुको संख्यालाई जोड्दा यिनीहरुको कूल संख्या ३ करोड हुन जान्छ। टर्कीको आधुनिक इतिहासमा कुर्दहरुले धेरै उत्पीडन झेलेका छन्। टर्कीमा सबभन्दा ठूलो कुर्दिश अलगाववादी समूह पीकेके या कुर्दिश वर्कर्स पार्टी छन्। सन् १९८० को दशकदेखि नै यिनीहरु टर्की सरकारसँग लडिरहेका छन्।

दोस्रो विश्वयुद्ध पछि नेटोको गठन युरोपका १० देशसँग मिलेर अमेरिका र क्यानडाले गरेका थिए। नेटोको गठन कम्युनिस्ट शासनवाला सोभियत युनियनबाट बँच्नका लागि गरिएको थियो। सन् १३९९ मा स्थापित अटोमन साम्राज्यको पहिलो विश्वयुद्धसँगै सन् १९२३ मा अन्त भयो र आधुनिक टर्की बन्यो।

आधुनिक टर्कीको भौगोलिक स्थिति रणनीतिक रूपमा धेरै महत्त्वपूर्ण छ। टर्की युरोप, एसिया, मध्य-पूर्व र केस्पियन सागरसँग सिधै जोडिएको छ। यसका अतिरिक्त उत्तरमा कालो सागर (ब्ल्याक सि) र दक्षिणमा भूमध्यसागरको बीचमा टर्कीलाई स्यान्डबिच पनि भनिन्छ। टर्कीको जो यो भौगोलिक स्थिति छ, यसबाट उ आफूलाई सशक्त र मुस्किल दुईटै स्थितिमा पाउँछ।

टर्की आफ्नो सुरक्षालाई लिएर सुरूदेखि नै अधीर रहेको देखिन्छ। सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि हमलाको प्रयास गर्दा त्यसलाई रोक्नका लागि टर्कीले अमेरिका र संयुक्त राष्ट्रको समर्थनमा सैनिक पठाएको थियो। टर्कीको उक्त भूमिकाको पश्चिमा देशहरुले प्रशंसा गरेका थिए।

सन् १९५२ मा टर्की नेटाेमा सामेल भयो। टर्कीलाई लागेको थियो कि उसलाई पश्चिमा देशको जस्तै पहिचान मिल्नेछ र सुरक्षा पनि सुनिश्चित हुनेछ। तर, टर्की अहिले नेटोका नीतिहरुको विरोध गरिरहेको छ। टर्की रुससँग नजिक छ र पुटिन सरकारको विरुद्ध अमेरिकाको अगुवाइवाला प्रतिबन्धमा सामेल भइरहेको छैन। सन् २००३ मा रेसेप तय्यीप एर्दोआन टर्कीका प्रधानमन्त्री बनेका थिए र त्यति बेलादेखि सत्तामा छन्। एर्दोआनको शासनकालमा टर्कीले नेटोलाई लिएर आफ्ना नीतिहरु बदलेको छ।

पछिल्लो समय स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउने विषयलाई लिएर पनि टर्कीको भूमिका अलग रह्यो। युक्रेनमाथि रुसको हमलापछि उत्तरी देशहरु पनि डराइरहेको बताइन्छ। फिनल्याण्डको १ हजार २४८.४८ किलोमिटर सीमा रुससँग जोडिएको छ। स्वीडेन र फिनल्याण्डले दशकौं पहिले देखिको गुटनिरपेक्ष रहने नीति बदलेका छन् र नाटोमा जाने निर्णय गरेका छन्। दुवै देश नेटोको ३१औं र ३२औं सदस्य हुनेछन्।

टर्कीको बारेमा भन्ने गरिन्छ कि उ स्वीडेन र फिनल्याण्डको विरोध यसकारण गरिरहेको थियो कि अमेरिकाबाट केही मामिलामा छुट मिल्न सकोस्। अमेरिका टर्कीसँग कयौं मामिलामा निराश पनि छ। विशेष गरेर सिरिया, रुस, कुर्द र मानवाधिकारलाई लिएर। मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले टर्कीलाई यो मामिलामा कुनै पनि प्रकारको छुट दिनबाट इन्कार गरिएको जनाएकाे छ।

वाशिङ्टनको थिंक ट्याङ्क सेन्टर फर स्ट्र्याटिजिक एण्ड इन्टरनेशनल स्टडिजमा टर्की प्रोजेक्टका निर्देशक बुलेन्ट अलीरिजाले लस एन्जलस टाइम्ससँग भनेका छन्, ‘एर्दोआन बाइडेनसँग सम्बन्ध सुधार्न चाहन्थे। एर्दोआनको अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै राम्रो सम्बन्ध थियो। २०१९ मा एर्दोआनलाई व्हाइट हाउस (राष्ट्रपति कार्यालय) मा स्वागत गर्दै ट्रम्पले भनेका थिए उनी एर्दोआनका ठूला प्रशंसक हुन्। दोस्रोतर्फ बाइडेनले एक-दुईपटक मात्रै एर्दोआनसँग फोनमा कुरा गरेका छन्।’

मध्य तथा पूर्वी युरोपमा रोमानिया, बुल्गेरिया, स्लोभाकिया, स्लोभेनिया, लातभिया, एस्टोनिया र लिथुआनिया पनि सन् २००४ मा नेटोमा शामिल भएका थिए। क्रोएसिया र अल्बानिया पनि सन् २००१ मा सामेल भएका थिए। जर्जिया र युक्रेनलाई पनि २००८ मै सदस्या मिल्ने अवस्था थियो, तर दुवै देश अहिले पनि बाहिरै छन्।

एजेन्सी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्