प्रचण्डको प्रतिवेदन भन्छः ओली प्रवृत्तिलाई परास्त गरेर समाजवादी मोर्चा निर्माण – Janadesh Daily | ePaper

प्रचण्डको प्रतिवेदन भन्छः ओली प्रवृत्तिलाई परास्त गरेर समाजवादी मोर्चा निर्माण


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टीसँग मोर्चा र गठबन्धन बनाउन प्रस्ताव गरेका छन् । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिण पन्थी भन्दै सो धारलाई कमजोर पार्नुपर्ने उल्लेख गरेका छन् ।

आइतवार काठमाडौंमा शुरू माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टीसँग मोर्चा बनाउन प्रस्ताव गरेका हुन् । १० पृष्ठ लामो राजनीतिक प्रस्तावमा प्रचण्डले केपी ओलीको दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

‘समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्कालको मोर्चा निर्माण आजको आवश्यकता हो,’ प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘केपी ओलीको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्दत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नेछ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्