कोपनहेगनको एक शपिङ मलमा गोली चल्यो – Janadesh Daily | ePaper

कोपनहेगनको एक शपिङ मलमा गोली चल्यो


जनादेश अन्तर्राष्ट्रिय अपडेट।

डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ । सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको बताएको छ ।

घटनामा कति मानिसको ज्यान गएको वा घाइते भएकोभन्नेबारे खुलिनसकेको बताइएको छ । घटनास्थलको तस्वीर इन्टरनेटमा राखिएको छ ।

तस्वीरमा सो स्थानमा गोलाबारीपछि भागदौड मच्चिएको देखिएको छ । स्थानीयहरूले गोलीको ठूलो आवाज आएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्