संसदबाट प्रतिपक्षीको खबरदारीः ओलीले भने- ‘इनफ इज इनफ’ – Janadesh Daily | ePaper

संसदबाट प्रतिपक्षीको खबरदारीः ओलीले भने- ‘इनफ इज इनफ’


नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए । आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले इनफ इज इनफ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले इनफ इज इनफ भनेका हुन्।

ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गरे । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीले आरोप लगाए ।

‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ’ उनले भने, ‘यहाँ त करका दर कति राखौं, तिमीहरुलाई कति कति चाहिन्छ …?’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्