५ महिनाका लागि उपसभामुख बनाउने तयारी, आज मनोनयन दर्ता – Janadesh Daily | ePaper

५ महिनाका लागि उपसभामुख बनाउने तयारी, आज मनोनयन दर्ता


जनादेश अपडेट।

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ताको काम हुँदैछ। आज बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। त्यस्तै, १:३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ।

उपसभामुखको निर्वाचन भोलि शुक्रबार दिउँसो ३ बजे हुनेछ। शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा ‘उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची छ।

प्रतिनिधि सभाको तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद २०७६ माघदेखि रिक्त छ। संविधानअनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरकफरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।

वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेसलाई उपसभामुख दिन सहमित जुटेको बताइन्छ। जसअनुसार कांग्रेसकी पुष्पा भुसाललाई उपसभामुख बनाउने तयारी छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्